Friday, February 7News That Matters

महिला पुरुष समानताका लागी बृक्षा रोपन

 

बिक्रम राई

असार/११

त्रियुगा नगरपालिका वडा नं ५ देउरीमा महिला पुरुष समानताका लागि २६ जोडीले बुधबार बृक्षा रोपन गरेको छ । नमुना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना वडा नं ५ को सहयोग र (यु.एन.एफ.पिए.) को सहजीकरणमा बृक्षा रोपन कार्यक्रम भएको नमुना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गायीत्री ढुङगानाले बताईन् ।

समाजमा घरका नारी पुरुषमानै कलह भएमा परिवार समाज सँगै राष्ट्रिमा समेत शान्ति नहुनाले आफ्नो टोल समाजलाई समानतामा ल्याउन यस अभियानको सुरुवात गरेको उनीले बताईन् ।

शान्ति र सभ्य समाजको निर्माण गर्न पहिले नारी पुरुषको समनतामा जोड दिनाले कहिले क्रान्तिको सामना गर्नु नपर्नाले समाज त्यसै सकरात्मक बन्नेमा त्यहाँको महिलाहरुको धारणा छ ।

(यु.एन.एफ.पिए) का समुदाय परिचालन अधिकृत चन्द्र ज्ञवलीले करिब २६ जोडीहरुलाई लैङगिक समानता सम्बन्धि प्रष्ट्याई दिएका छन् ।

ज्ञवालीले समाजमा परम्परागत मुल्य मान्यताका कारण लैँङगिक समनतामा असर पुगेको बताए । परिश्रम गर्ने महिला तर फल पाउने पुरुष भएको उदाहरण दिदै हरेक महिलाहरु खाली पुरुषको दवावमा पर्ने गरेको उनले बताए । समाजमा छोरालाई स्वतन्त्र अनि छोरीलाई बन्धन श्रीमानले आफुखुसी गर्न पाउने श्रीमतिले सल्लाह माग्नु पर्ने खालका हाम्रो मान्यता समाजमा रहेको बताए ।

उनले अब यस्तो प्रवृति पहिले व्यक्ति अनि परिवार र समाज बाट नै हटाएर समनताको पात्र बन्नु पर्नेमा जोड दिए । समाजमा पुरुषको महिला भन्दा ठुलै शासन रहेको र महिला पनि साहसी पुरुषहरु जस्तै बन्न सक्ने उनले सुनाए ।

पुरुषहरुले गर्ने थुप्रै काम महिलाहरुले गर्न सक्ने र गर्न सुरु गरिसको भन्दै काम, दाम, माम र सेवासुविधामा पनि यसको समानता हुनु पर्ने जोड दिए । पुरुष सरह महिलाहरुलाई पनि स्वास्थ्य, शिक्षा, रोजगारहरुमा मनोरञ्जनमा समेत समानता ल्याउनु पर्ने उनले बताए । यो सब हुन सफल भइने भन्दै यसको सुरुवात आफै बाट कार्यन्वयन गर्नुपर्नेमा सहभागीहरुलाई आग्रह गरे ।

यसैगरी लैङगीक समनताका अभियानता तथा लैङगीक समानताका लागि नेपालको पहिलो बृक्षा रोप्ने जोडी उमा पोखरेल र केसब पोखरेल रहेका छन् । यस जोडीले गत बर्ष मात्रै बृक्षा रोपन गरी लैङगीक समनता  आफु र आफ्नै परिवार बाट सुरु गरेका थिए ।

सामान्य तया लैङगीक समानता घरमा भए पनि बृक्षा रोपनले पुर्ण समानतामा प्रेरणा मिलेको उमा पोखरेलले बताईन् । उनले आफ्नो भुमिका पहिलो भएकोमा खुसी व्यक्त गर्दै धरै जोडीहरुलाई प्रशिक्षण समेत गराई सकेकी बताईन् । उनिले आफ्नो टोलमा ४० भन्दा बढी जोडीहरुलाई प्रशिक्षण गराइ बृक्षा रोपन गराईसकेकी बताईन् ।

नारी पुरुष समानतामा साँची राखेर रोपेको बृक्षा परिवारमा जव असमानताको अवस्था आउँछ त्यो वृक्षालाई सम्झेर फेरी समानताको सकरात्मक कार्यहरु तर्फ ध्यान जाने उनीले बताईन् ।

उनीले अहिले सबै परिवारमा समानताको पक्ष पूर्ण भईसकेको छ । छोरा छोरीलाई उत्तिकै काम र सुविधा दिने गरेकी उनिले बताउछीन् ।

बिरुवालाई जिवित भगवानको रुपमा उनीले बुझेकी छीन् । ढुङगा एक निर्जिव वस्तुलाई त मान्छेले पुज्ने गरेको छ । नत बढ्छ नत घट्छ तर विरुवा बढेर ठुलो हुन्छ । वातावरण पनि हरियाली हुने, बाढी पहिरोलाई न्युनिकरण गर्ने, छाहारी, हावा, र फल पनि खान मिल्ने भएकाले यसको समनता नारी पुरुषमा पनि हुन जरुरी रहेको भन्दै बृक्षा रोपनको माध्यमबाटै लैङगीक समनताको धारणा बनाएकी उनीले बताईन् ।