
पूर्णपुष्टि, माघ २ । महिला प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ परेका छन् । बुधबार दिउँसो गौशाला प्रहरी वृत्तको टोलीले तामाङलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।
तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो । अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको एसपी अधिकारीले जनाए । पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।