Wednesday, May 20News That Matters

महिला प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा एसएसपी पाल निलम्बित

पूर्णपुष्टि, असार १ । महिला प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले पाललाई निलम्बनका लागी बुधबार गृह मन्त्रालयमा सिफारिस गरेको थियो भने शुक्रबार मन्त्रालयले उक्त घटनाको छानबिनका लागी निलम्बन गरेको हो ।

महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत सहकर्मी महिला कर्मचारीमाथि दुव्र्यबहारको आरोप लागेपछि पाललाई प्रहरी मुख्यालयमा तानिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीले घटनाको छानबिन गर्न बनाएको समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो । प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले बताए ।