Tuesday, April 21News That Matters

महिला हत्या कसुरमा उदयपुरका एक युवालाई जन्मकैदको फैसाला

पूर्णपुष्टि, मंसिर २१

महिला हत्या कसुरमा पुर्पक्षमा रहेका उदयपुरका एक युवालाई एक लाख जरिवाना सहित जन्मकैद फैसाला अदालतले सुनाएको छ । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको छ ।

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा राउतलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।