
पूर्णपुष्टि, ८ साउन ।
नेपाली समाजमा हिंसा, अपराध, अन्याया र अत्याचार जस्ता घटनाहरु निरन्तर बढ्दो छ । त्यसमा पनि महिलाहरु घटनाको मुख्य भागेदार हुन् । यौन हिंसा, घरेलु हिंसा, सामाजिक हिंसा र अन्य बिभिन्न प्रकारको हिंसामा महिलाहरु बढी पिडित छन् । महिला शशक्तिकरण स्रोत केन्द ९ओरेक० उदयपुरका तथ्याङ्क अनुसार यस आर्थिक बर्ष मात्रै ६६ जना महिलाहरु हिंसा पिडितको रुपमा थपिएको छ । २४१ ओटा घटनाहरु मध्ये यस आर्थिक बर्ष मात्रै ६६ ओटा नयाँ घटनाहरु थप भएको हो । ति महिलाहरु बिभिन्न प्रकारका हिंसाबाट पिडित भै ओरेक आवासमा सुरक्षित हुन आएको हो ।
संस्थाकी संयोजक बाला कार्कीका अनुसार सबैभन्दा बढी यौनि हिंसाका पिडितहरु रहेको जनाईन् । पछिल्लो आर्थिक बर्ष अन्यको तुलनामा यौनि हिंसा फस्टाएको छ भने बाँकी सामाजिक, घरेलुहरु हिंसाहरु छन् । ओरेक उदयपुरले बुधबार महिला हिंसा न्युनिकरणका लागि संञ्चारमाध्यमको भुमिका बिषयक गरेको अन्तरक्रियामा उक्त तथ्याङक प्रस्तुत भएको हो । हिंसा न्युनिकरणका लागि संञ्चारमाध्यमको महत्वपूर्ण भुमिका हुने भन्दै यस बषियमा ब्यापक अन्तरक्रिया गरिएको छ । संयोजक कार्कीका अनुसार हिंसा न्युनिकरण गर्न बिभिन्न चुनौतिहरु खडा भएको छ । हिंसा हुनै नदिन र हिसा नहुनु अति राम्रो, तर जव हिंसा हुन्छ यसलाई समधान र सहजीकरणका लागि व्यवस्थापन गर्न भने निकै चुनौती रहेको जनाईन् । उनले सभ्य समाज र हिंसा रहित व्यक्ति परिवार र समाज निर्माणका लागि सबैको भुमिका रहने जनाईन् । कार्कीका अनुसार घटनाको सिकार भएर बिभिन्न महिलाहरु बिचल्लीत हु्न्छ । त्यस्ता व्यक्तिहरुलाई सुरक्षीत र सहजीकरण गर्ने काम ओरकेको हो । तर यसलाई व्यवस्थापन गर्न भने सजिलो नभएको उनको भनाई छ । पिडितलाई न्याय दिन कार्वाहीको प्रक्रिया निकै जायज हो, तर यसलाई बिभिन्न किसिमले प्रभावित पारिरहेको हुन्छ । पिडितहरुलाई सुरक्षा वास दिन बजेटको समस्या छ । निति तथा कानुनहरु फितलो हुँदा वा बाझिदा पिडितलाई थप पिडा छ ।

कार्यक्रमको प्रस्तुतीकरणमा कार्कीले हिंसा न्युनिकरणको लागी मेलमिला, सहयोग प्रणली वा संयन्त्रको अभाव, न्यायमा पहुँच नहुन, कानुन नीती बजेटको अभाव, राजनितिकरण र व्यक्तिगत घटना दर्ता नहुनु यी ६ कारणनै न्युनिकरण र व्यवस्थापनको मुख्य समस्या हो । सरकारी निकायहरुले सहयोग नगर्दा र सहयोग गर्ने कार्यविधिको कार्यन्वयन नहुँदा थप समस्या परेको कार्कीको भनाई छ । यी कुराहरुमा सहजीकरण हुने हो भने त्यस्ता व्क्तिहरुको सुरक्षा र हिंसाको न्युनिकरण गर्न सहज हुने कार्कीले बताईन् ।
यस्तै रेडियो उदयपुरकी स्टेशन मेनेजर बन्दना दनुवारले हिंसा न्युनिकरणका लागि संञ्चारमाध्यमहरु पनि जागरुप देखिनु पर्ने जनाईन् । संञ्चारमाध्यमहरुले हिंसाको बारेमा, महिलाहरुको पिडाको बारेमा आवजाव उठाएर दवाव दिन मदत गर्दा पनि घटनाहरुले स्थान नपाएने जनाईन् । उनले बिकास र पूर्वधार र राजनितिक बिषयमा बढी भुमिका खेलेको संञ्चारमाध्यमहरुले महिला हिंसामा पनि कलम चलाउनु पर्ने अवस्था आएको जनाईन् ।
ताप्ली गाउँपालिका बाहेक सबै पालिकाका ंिहंसा पिडितहरु सुरक्षा आवासको लागि ओरेकमा आएका छन् । जसमा सबै भन्दा बढी त्रियुगाको रहेको छ । हिंसा पिडितहरु किशोरी अवस्थाको बढी छन् । उनिहरुको पढ्ने र मेहनत गर्ने समय हिंसाकै कारण प्रभावित बनेको छ । यस मध्ये सबै भन्दा बढी पहाडे जनजाति र पहाडे ब्राह्मण क्षेत्री छन् । हिंसा रोक्न आफैमा चेतनाको बिकास गरौँ, स्वार्थ त्यागौँ, नारिको सम्मान र सभ्य समाजको निर्माणमा व्यक्ति, परिवार समाज र सरकार सबैको उत्तिकै भुमिका रहने छ । आफ्नो जिम्मेवारबाट पछि नहटौँ ।
