Thursday, June 18News That Matters

महोत्तरीको एनएमबी बैंकको शाखामा दिउँसै लुटपाट

पूर्णपुष्टि, जेष्ठ १६ । महोत्तरी गाउँपालिका २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखामा दिउँसै लुटपाट भएको छ । मंगलबार मध्यान्ह साढे १२ बजेको समयमा चार जनाको समुहले एनएमबी बैंक शाखा कार्यालयबाट लुटपाट गरेको भिडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंक लुटपाट गरेका हुन् ।

बैंकको सिसि टिभि फुटेजमा पहिला एक व्यक्ति पेस्टोल देखाउँदै भित्र पसेर सेवा ग्राहीहरुलाई एक स्थानमा उभ्याउँदै गर्दा तिन जना पेस्टोल देखाउँदै बैंकमा छिरेका छन् । त्यसपछि पहिला छिर्ने पूरुषले एक सेवा ग्राहिको कपडा खोसेर काउन्टर भित्र पसेको देखिएको छ । केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको र जाने बेलमा अर्को सेवाग्राहीको पनि कपडा खोसेको देखिएको छ ।

लुटपाट भएको रकमको विवरण आईनसकेको प्रहरीले बताएको छ भने बैंकले करिब ३५ लाख रुपैयाँ लुटपाट भएको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ। बैंक लुटपाट गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।