
पूर्णपुष्टि, भदौ १९
महोत्तरीमा सशस्त्र प्रहरीको थप दुई वटा फर्वाड पोष्ट स्थानपना हुने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सदरमुकाम जलेश्वरमा थप दुईवटा फर्वाड अब्जरबेसन पोष्ट स्थापना गरिने भएको हो ।
सोही ठाउँको अनुगमन गर्दै पोष्ट स्थापना गर्नका लागी प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हाचार्यले निर्देशन दिनुभएको प्रहरीले जनाएको छ ।
महोत्तरीको ३८.४६ किलोमिटर अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरीका ६ सय ५४ जना जनशक्ति परिचालित छन् । अनाधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वटा बिओपसहित जिल्लातको सकरी, मधबा र कट्टीमा थप ३ वटा फर्वाड अब्जरभेसन पोष्ट राखिएको छ ।
लकडाउन पश्चात राज्यले तोकेका सिमानाकाबाट औपचारिकरुपमा नेपाल प्रबेश गरेकाहरुको कन्ट्याक्ट ट्रयाकिङ्गमा ध्यान पु¥याउँदै त्यस्ताको खोजी गरी क्वारेन्टिन तथा आइसोलेसनमा राख्नसमेत मातहतका निकायलाई निर्देशन दिएको जनाईएको छ ।
डिआईजी ब्रम्हचार्यले बिहीबार महोत्तरीको मटिहानीस्थित सशस्त्र प्रहरीको नम्बर ९ गण र मटिहानीदेखि खैरहवनीसम्मका ७ वटा विओपी र आवश्यक्ता अनुसार राखिएका फर्वाड अव्जरभेसन पोष्टमा पुग्नु भएको थियो । कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण समुदायस्तरमा फैलदै जान थालेकाले थप गम्भीर परिस्थितिको आकलन गर्दै विगतमा जस्तै सीमा हुने आवत जावतलाई कडाइ बनाइ राख्न अनुगमन पछि निर्देशन दिनुभएको जनाईएको छ ।
