पूर्णपुष्टि/उदयपुर, पुस ३० गते ।
उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित प्रदेश नं. १, पहिलो घरेलु औद्योगिक महोत्सवले उद्यमीहरुलाई आप्mना घरेलु उत्पादन बजारीकरणका लागि प्रचारप्रसार गर्ने अवसर मिलेको उद्यमीहरुले बताएका छन् ।
पुस २१ देखि नौंदिनसम्म सञ्चालन महोत्सवमा आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरले डेडसय बढि स्टल उद्यमीहरुलाई निःशुल्क उपलब्ध गराएको थियो । उक्त स्टलहरुमा घरेलु उद्योगका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राख्ने अवसर मिलेकाले विशेषगरी प्रचारप्रसार भएको उद्यमीहरुले बताए ।
जिल्लाको आठ वटै स्थानीयत त्रियुगा, कटारी, चौदण्डीगडी, बेलका नगरपालिकाहरु, रौतामाई, उदयपुरगडी, ताप्ली र शुनकोशी गाउँपालिकाको सहयोगमा भएको महोत्सवमा प्रदेश नं. १ अन्तर्गतका जिल्लाका उद्यमीहरुले आप्mना उत्पादनहरु राखेका थिए । उनीहरुले दालमोठ भूजियादेखि अचारसम्म, ढाकाटोपीदेखि कम्मलसम्म, बाँसको मुढादेखि विविध हस्तकलासम्म प्रदर्शन तथा विक्रीका लागि राखिएका थिए । विशेषगरी ओखलढुंगाको कम्मल र ढाका, उदयपुरको दालमोठ भुजिया, च्याउको अचार, जडिबुटि विशेष भएको थियो । उदयपुरको कृषितर्फ भुईस्याउ, च्याउ, सुन्तलाको प्रदर्शनी र विक्री विशेष भएको थियो । थारु परिकार, सुनुवार परिकार, शेर्पा परिकार विशेष प्रदर्शनी र विक्री भएको थियो । परिकारहरुमा घुंगी, च्याउको मम विशेषरुपले विक्री भएको थियो । जाडोमा लगाउने उनी, खाँडीको कपडा, ढाका कपडाको विक्री राम्रो भएको थियो ।
उद्योग गरौं, उद्यमी बनौं, स्वदेशीबस्तुको प्रयोग गरौं भन्ने मुल नाराका साथ भएको महोत्सवमा बंगुरफार्म, कृषिफार्म लगायतको पनि प्रदर्शनी भएको थियो । साहित्या तथा कलाको प्रदर्शनीका साथै चारजना विद्यार्थीको विज्ञान प्रविधिबारे विशेष प्रदर्शनी भएको थियो । उनीहरुले बनाएका जेसीवी, क्रेन, डुंगा लगायतका मेसिनहरु विशेष आकर्षणको केन्द्र बनेको थियो ।
हरेक दिन राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती, बाल उद्यानले महोत्सवलाई रौनकता थपेको थियो ।
अत्याधिक चिसो र त्रियुगा उद्योग वाणिज्य संघको अवरोधका बाबजुद महोत्सवले एक करोड बढिको कारोवार गर्दै सफल बनेको आयोजक शाखाका अध्यक्ष मधुकर थापाले बताउनुभयो । महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले उद्घाटन गरेको महोत्सवको समापन समारोहलाई महोत्सवको सहआयोजक त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सम्बोधन गर्नुभयो । उहाँले महोत्सवबाट उद्यमीहरु आफैबीच अन्तरक्रिया हुनुका साथै स्थानीय सरकार, प्रदेश सरकारसंग पनि साक्षत्कार भएकोले भावि दिनमा घरेलु तथा साना उद्योगका लागि सहि नीति तथा कार्यक्रम बनाउन सजिलो हुने बताउनुभयो ।