Friday, February 7News That Matters

महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

पूर्णपुष्टि/उदयपुर, फागुन २२ गते

-त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा सञ्चालित महोत्सब नाचगानमै सिमित बनेको छ । ब्यापार नहुँदा उद्यमीहरु भने निरास छन् । उद्यमी दुर्गा दनुवारले मानिस रातीमात्र नाचगान हेर्न आउने, दिउसो कोही नआउने भएपछि विक्री वितरणको त कुरै छोडौं, प्रदर्शनीसमेत नभएको गुनासो व्यक्त गर्नुभयो ।

दालमोड भुजियाको सफल उद्यमी दनुवारले महोत्सवमा आएको कुनै उपलिब्ध नभएकाले घरजान खोज्दा आयोजकले गेटपास नदिएपछि जबरजस्ती बस्नु परेको बताउनुभयो । दिनभर मान्छे कोही नआएपछि, सामान प्रदर्शनी र बिक्रिको अवस्था सुन्य भएपछि स्टलहरु उठाउन थालिएको व्यापारीहरु बताउछन् । महोत्सवमा आएका सबै स्टलहरुमा निरासा मात्र छाएको छ । घर फिर्न खोजेकालाई जबरजस्ती नरोकिएको संघका बरिष्ठ उपाध्यक्ष रमेश विकले बताउनुभयो ।

आयोजक संघले विगतदेखि नै स्थानीय साना तथा लद्यु उद्यमीहरुलाई वेवास्ता गर्दै आएकाले कमैमात्रको सहभागिता रहेको त्यसमा पनि महोत्सव नचलेपछि उद्यमीहरु फर्किरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।महोत्सव एकराते मेलाको रुपमा रातीराती मात्र चलिरहेको स्थानीयहरु बताउछन् । ८ : ३० बजेसम्म अनुमति पाएको महोत्सव प्रहरीको संरक्षणमा मध्यरातसम्म सञ्चालन हुनेगरेको छ ।

दिउसो सञ्चालन हुनुपर्ने महोत्सव राती अबेरसम्म चलेपछि बुद्धिजिविहरुले आपत्ति जनाउन थालेका छन् । त्रियुगा जनता बहुमुखी क्याम्पसका प्राध्यापक कम्लेस हमालले महोत्सवको नाममा रातीराती गरिने नाचगान, मदिराको विक्रीवितरण र सेवनका कारण विकृति बढाएको बताउनुभयो ।

परिक्षाको मुखमा परेकाले त्यतिकै रुपमा विद्यार्थीलाई असर पुर्यएको भन्दै सर्बसाधारणले टिकाटिप्पणी गरिरहेका छन् । पढ्ने बेलाका विद्यार्थीहरुको राती पनि मेलाले ध्यान खिचेको र दिउसो पनि हेलिकेप्टरको आवाजका कारण पढ्न छाडेर स्कुलको भ्mयाल र छतमा कुद्ने गरेको स्थानीय किसन राईले बताउनुभयो । उहाँले आयोजकले कुबेलाको तमासा गरिरहेको टिप्पणी गर्नुभयो ।त्यसैगरी चौदण्डीगडी, रौतामाई, उदयपुरगडी जस्ता धार्मीक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउने भन्दै प्रतिव्यक्ति पाँचहजारका दरले टिकट कटाएर गाईघाट बजारको अवलोकनमा सिमित पारेको गुसानो छ । त्यति रकमले घाटा लाग्ने भएपछि रौताको नाम बेचेर ठगी गरेको सर्बसाधारणको आरोप छ ।

आयोजकले जिल्लाका सबै सरोकारवाला पक्षहरुसंग आवश्यक छलफल र समन्वय नगरी एकलौटीरुपमा आयोजना गरेकाले सफल नभएको सरोकारवालाहरुको भनाई छ । नविकरणसमेत नरहेको आयोजक संस्थाले स्थानीय सरकार त्रियुगा नगरपालिकाको सहमतिसमेत नलिएको नगरपालिकाले जनाएको छ ।

भिडियो…