महोत्सव विवादित देखिएपछि मुख्यमन्त्री नआउने

पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते

-त्रियुगा उद्योग वाणिज्य संघले गाईघाटमा आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादितको कारण मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिकको रुपमा नआउने भएका छन् ।

परिक्षाको मुखमा महोत्सव राखेको, बर्षैपिच्छे महोत्सव लगाएपनि एउटा उपलब्धी देखाउन नसकेको, संस्थाभित्र आर्थिक घोटला रहेको र संस्थै नविकरण नरहेको लगायतका कुराहरु सञ्चारमाध्यमहरुमा आएपछि कार्यव्यस्तताको कारण देखाउदै मुख्यमन्त्री राई नआउने भएका हुन् ।

“मुख्यमन्त्री ज्यूको कार्य व्यस्तताको कारण आउन नसक्ने अवस्था भो” पत्रकार ध्रुव सुवेदीले भन्नुभयो ।

फागुन १५ देखि २५ सम्म सञ्चालन हुने महोत्सवमा मुख्यमन्त्री नआउने भएपछि नयाँ प्रमुख अतिथिको खोजीमा आयोजक लागेको छ ।

संघका उपाध्यक्ष रमेश विकले विहानसम्म मुख्यमन्त्री आउने कुरा थियो, फेरी नआउने भन्ने कुरा आएको बताउनुभयो । मुख्यमन्त्री नआउने भएपछि संघका केन्द्रिय पदमा आसिन व्यक्तिलाई बनाउने तयारी भईरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0