Monday, July 13News That Matters

माई खोलाले बगाएर १ जना बेपत्ता

ईलाम, श्रावण २३ 

ईलामको माई खोलाले बगाएर एक जना बेपत्ता भएको छ । माई नगरपालिका–२ का १४ बर्षीय बालक रुबिन मगरलाई माई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

गाई बस्तु हेर्न गएका मगर बिहिवार दिउँसो करिब ४ बजे माई खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।