Sunday, April 19News That Matters

माओवादीले गर्यो १५ नं वडामा भत्केको सडक मर्मत र सरसफाइ

पूर्णपुष्टि, १० असोज ।
त्रियुगा नगरपालिका वडा नं १५ मा माओवादी केन्द्रले जनमुखी काम गरेको छ । “जनजनमा माओवादी घरघरमा माओवादी” जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको अवसरमा गहते, साल्थुम्की डहरको भत्किएको सडकलाई मर्मत र सरसफाई गरेको हो ।

अभियानमा स्थानीयहरुले पनि सक्रिय उपस्थिति जनाएको छ । सरकारले वेवस्था गरेको सडकलाई माओवादी अभियानको श्रमदानले स्थानीयहरु खुसि भएका हुन् । माओवादी केन्द्र त्रियुगा नगर अध्यक्ष मान वहादुर राईका अनुसार तिन महिने अभियान यसरीनै जनताको आवश्यक कार्यमा संञ्चालन हुने जनाए । हाल त्रियुगा नगरभरिका सबै वडाहरुमा जनतामुखी भौतिक क्रियाकलापहरु अभियानले संञ्चालन गरिरहेको अध्यक्ष राईले जनाए ।

सडक मर्मत तथा सरसफाई अभियानमा प्रदेश सांसद सम्झना तामाङ, १६, १५ र १४ का वडाअध्यक्षहरु क्रमश ः मान वहादुर राई, गणेश तिमिल्सिना र हिम मगर लगायतको महत्वपूर्ण उपस्थिति रह्यो । सडक मर्मतको क्रममा स्थानीयहरुले गाईघाट बेल्दोभान, गहते साल्थुम्कीको सडकलाई तत्काल सहज बनाउन माग समेत गरेको छ । सांसद सम्झना तामाङ, वडा सरकार र पार्टीलाई स्थानीयहरुले अत्यावश्यक सडकको रुपमा रहेको उक्त सडकलाई मर्मत सम्भारमा गम्भीर हुन ध्यानाकर्षन समेत गरेको छ । सांसद तामाङले त्यस सडकको अवस्था नाजुक रहेको जनाईन् । यसलाई प्रदेश सरकारको सांसदको नाताले सक्दो पहल गर्ने जनाईन् । उनले स्थानीयहरुको उचित मागलाई सक्दो पुरा गरेर छाड्ने जनाईन् । उनले सडक आफ्नै कार्यकलमा सहज गराउने प्रतिवद्धता समेत जनाईन् ।