माओवादी केन्द्र त्रियुगा नगर कमिटिको एकदिने प्रशिक्षण सम्पन्न

पूर्णपुष्टि, ६ असोज ।
नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटिको अगुवा नेता तथा कार्यकर्ता क्षमता बिकास प्रशिक्षण सम्पन्न भएको छ । नगर कमिटिको आयोजनामा भएको उक्त प्रशिक्षणमा नगरभरी रहेको १६ ओटै वडा कमिटी तथा कार्यकर्ताहरुको सहभागी रहेका थिए ।
शनिवार गाईघाट स्थित टाउन होटलमा भएको उक्त प्रशिक्षणले जनतासँग माओवादी बिषेश रुपान्तरण अभियानलाई प्राथामिकता दिएको छ । माओवादी पार्टीलाई जनता सामु थप मजवुद वनाउने र पार्टीको एजेन्डालाई कार्यान्वयन गर्दै शक्तिशाली पार्टीको रुपमा स्थापित गर्न जनता सँग माओवादी बिषेश अभियानले मदत पुग्ने नेताहरुले जनाएको छ ।

पार्टीको सिद्धान्त, पार्टी र सरकार, राज्य पून ः संरचना र पहिचानको राजनिति आदि बिषयमा प्रशिक्षण गरिएको त्रियुगा नगर कमिटीका अध्यक्ष मान वहादुर राईले जनाए । पार्टी केन्द्रीय सचिव चक्रपाणी खनाल, केन्द्रीय अनुसासान आयोगका अध्यक्ष टंक राई, राष्ट्रिय सभा सदस्य तथा प्रमुख सचेतक गोपि आछामी, केन्दी्रय सदस्य मुक्साहाङ मेन्याङ्वो र केन्द्रीय सदस्य धनमाया विश्वकर्मा लगायत केन्द्रीय नेताहरुले प्रशिक्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0