Monday, March 17News That Matters

माओवादी मजदुरपार्टीका केन्द्रिय अध्यक्ष र विप्लब कार्यकर्ता पक्राउ

पूर्णपुष्टि/मंसीर ५ गते ।

उदयपुर-माओवादी मजदुर पार्टीका केन्द्रिय जिल्ला अध्यक्ष हिमालसिंह राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

निर्बाचन बिरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सुनकोशी गाउँपालिका ५ घर भई त्रियुगा नगरपालिका ११ गाईघाट डेरागरी बस्ने ५० बर्षिय अध्यक्ष राईलाई डेराबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको डेरामा खानतलासीको क्रममा विभिन्न निर्बाचन विरोधी पम्प्लेट, लेटरप्याड, पुस्तक, डायरी लगायत बरामद भएको पनि प्रहरीले जनाएको छ ।

त्यसैगरी मंगलबारनै प्रहरीले एक बिप्लप कार्यकर्ता पक्राउ गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समुह) को जिल्ला सदस्य ३० बर्षिया जानुकामाया तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका ३ मोतिगडाकी तामाङलाई आप्mनै घरबाट विहान अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार यसअघि दुईजना विप्लब कार्यकर्ता जिल्ला सदस्य पूर्णबहादुर कटुवाल र योेगिन प्रधान पक्राउ गरी अनुसन्धान भइरहेको छ ।