Sunday, March 16News That Matters

माओवादी मजदुर पार्टीद्धारा काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन

पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरमा माओवादी मजदुर पार्टीले काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन गरेको छ । त्रियुगा नगरपालिका वडा नं ११ स्थित पिपल चोकमा माओवादी मजदुर पार्टी केन्द्रिय संगठन समिति उदयपुरले काला बजारी भष्ट्रचारी अन्त गर भन्दै विरोध प्रदर्शन गरेको हो ।

गत बैशाख २५ गते माओवादी मजदुर पार्टी केन्द्रिय संगठन समितिले देशमा भ्रष्टचार, कालाबजारी, कर चुहावट भएको भन्दै विरोध प्रदर्शन गरेको केन्द्रिय महासचिव हिमाल सिंह राईले बताए । विरोध प्रदर्शनमा माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राई, केन्द्रिय सदस्य जगत कटुवाल, प्रदिप फुयाल, उर्मिला राई र जिल्ला सदस्य कुमारी परियार लगाएतको उपस्थिति रहेको थियो ।