
पूर्णपुष्टि, ५ जेष्ठ ।
माओवादी मजदुर पार्टीले टोल सरसफाई अभियान चलाएको छ । पार्टीको नेतृत्वमा त्रियुगा नगरपालिका वडा नं ३ स्थित सगरमाथा टोलमा सरसफाई गर्दै अभियान चलाएको हो । पार्टीका संयोजक हिमाल सिंह राईका अनुसार खोला खाल्सी, घर आगन र रोगजन्य रुपमा रहेको प्रतिवन्धीत कालो प्लास्टीक लगायत सबैखाले प्लास्टीकहरुलाई अन्त्य गर्ने गरी सरसफाई गरिएको हो । थुप्रिएको फोरलाई हावा नचल्ने ठाउँमा लगएर डढाईएको र फोहोरलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको राईले जनाए । फोहोर व्यवस्थापन समबन्धि पनि स्थानीय तथा टोलवासीहरुलाई सचेत गराईएको छ । फोहोरको बिभाग छुटाई व्यवस्थापन गर्न लगाईएको छ ।

