Sunday, June 28News That Matters

माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने

उदयपुर, पुस २५ गते 

ताप्लिमा आगमी माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने भएको छ । हिमालचुली क्लवको आयेजना र ताप्ली गाउँपालिकाको सहयोगमा आगामी माघ १३ गतेबाट प्रतियोगीता सुरु हुने भएको हो ।

हिमालचुली क्लब पिपलभञ्याङ्गको २५ औं वार्षीक उत्सव तथा रजत जयन्तिको अवसर प्रतियोगीता हुन लागेको  आयोजकले जनाएको छ ।

आगामी माघ १३ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगीताको विजेतालाई नगद एक लाख ५० हजार रुपैयाँ र उपविजेतालाई नगद एक लाख रुपैयाँ र सान्तोनालाई नगद ५० हजार रुपैयाँका साथ सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिन मुलुकका जुन सुकै पालिकाले पनि पाउने क्लवका अध्यक्ष टोपबाहदुर ठकुरीले बताए । प्रतियोगीतामा सहभागिताका लागि नाम दार्ता गराउँको लागि पालिकाको सिफारिस र सम्बन्धित पालिकाको मतदाता परिचय पत्र समेत ल्याउनुपर्ने उनले बताए । प्रतियोगीताको लागि टिम दर्ता आगामी माघ ११ गतेसम्म गर्ने आयोजकले जनाएको छ ।