Sunday, June 7News That Matters

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

धनकुटा, पौष २५ गते ।

धनकुटाको चौबिसेमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । चौविसे गाउँपालिका–२ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको खोल्सीमा दुर्घटना हुदा टेबबहादुर लिम्बुको मृत्यु भएको हो ।

बिहान साढे ७ बजे दुर्घटनामा परि स्थानीय ३० बर्षिय लिम्बुको टाउको ढुङ्गामा ठोकिएर मृत्यु भएको पैदलयात्रीले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

गतराती बजारबाट घर तर्फ जाने क्रममा को २८ प ८०५२ नम्बरको मोटरसाईकलमा सडकदेखि करिब तीन मिटर तल खसेर दुर्घटना हुदा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानकोलागी ईलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।