
उदयपुर, पुस २५ गते ।
विभिन्न विधामा विश्व कृर्तिमान राख्न सफल उदयपुरका दुई जना प्रमाण पत्रका साथ सम्मानीत भएका छन् । विश्वकै पहिलो नेपाली नेपालबाट च्याम्पियन विश्व कृर्तिमानी राख्न सफल चित्रकुमार कार्की र धनश्याम श्रेष्ठ (मनिष) प्रममाणपत्रको साथ सम्मानीत भएका हुन् ।
विश्व कृर्तिमान राख्न सफल उल्टो मोटरसाईकल यात्री कार्की र काँधकामा खुट्टा राखेर मोटरसाईकल चलाउने श्रेष्ठलाई गिनिज बुकका सस्थापक डा.पताभि राम र डा. सान्थी देवीले प्रमाण पत्र हस्तान्तरणका साथ सम्मान गरेको थियो ।
गाईघाटका उल्टो मोटरसाईकल यात्रा, ११.५३ किलोमिटर उल्टो मोटरसाईकल यात्रा लगायतका विश्व कृर्तिमान राख्न कार्की सफल भएको थियो । त्यस्तै कटारी नगरपालिकाका श्रेष्ठले काँधमा खुट्टा राखेर मोटरसाईकल चलाउदै यात्रा गरी कृर्तिमान राख्न सफलको हो ।
नेपाल बहुल जाती, बहुल सस्कार सस्कृति भएको देश हो । जुन समाज अनुसार छुट्टा छुट्टै पहिचान र सस्कार सस्कृति भएको डा.रामले बताए । विश्वका लागि एउटा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । अझै राम्रो गर्दै जानको लागि शुभकामना समेत दिएका थिए ।
उल्टो मोटरसाईकल यात्री कार्कीले सुरुमा मोटरसाईकल उल्टो चलाउँन सिक्दा आफ्नो गाडी नभएकाले अरुको मागेर सिक्नु पर्ने बाध्यता भएको उनले बताए । आफुले देखेको सपना पुरा गर्नका लागि दृढ भएर लागी परेकाले आज पुरा भएको उनले बताए ।
काँधमा खुट्टा राखेर मोटराईकल चलाउँदा कतिले पागल भने त हजारैँ पटक असफल हुदै दुर्घटनामा समेत परेको श्रेष्ठले बताए । दुर्घटना हुदा पनि मनलाई बलियो बनाएर प्रयास जारी राखेकाले आज सफल भएको उनले बताए ।
कृर्तिमानी युवा संघले निर्माण गर्न लागेको कृर्तिमानी संग्रालयमा विश्व कृर्तिमानी राख्न सफल व्यक्तिहरुका तस्बिर, नाम र प्रयोग गरेका सामाग्रीहरु राख्ने कृर्तिमानी युवा संघका अध्यक्ष चित्रकुमार कार्कीले बताए । कार्कीले भने “अहिलेसम्म कसैले यस्तो काम नगरेकाले एउटा उदाहरणीय कामको थालिन गरेका छौँ ।, डा.रामले संग्रालयको अनुगमन गरी सहयोग गर्ने जनाएको छ ।”
