Tuesday, July 7News That Matters

माघे संक्रान्तिको पूर्वसन्ध्यामा तरुलको व्यापार बढ्यो

पूर्णपुष्टि,पुष ३० । माघेसंक्रान्तिको पूर्वसन्ध्यामा उदयपुरको सदरमुकाम गाईघाट बजारी क्षेत्रहरुमा यतिखेर तरुल किन्ने र बेच्नेहरूको घुइँचो बढ्दो देख्न पाईन्छ । माघेसंक्रान्तिको प्रमुख खाद्य भएकाले पनि यतिबेला तरुल किन्ने र बेच्नेहरूको व्यापक चहलपहल देखिने गरेको पाईन्छ ।

पहाडी गाउँबाट ल्याईएका बनतरुल, सिमलतरुल, घरतरुल, कलेलाको जरा, सुठुुनी यहाँ विशेष मानिन्छ । नेपालीहरुले महान चाडहरु मध्यको माघे संक्रान्तिलाई पनि बिशेष चाडको रुपमा मनाउने गरेकाले गर्दा संक्रान्ती बिशेष परिकारहरुको किनबेच प्रक्रिया सुरु भएको हो । संक्रान्ति पुर्वसन्ध्यालाई मध्यनगर गर्दै पहिडि क्षेत्रहरुबाट त्यहाँका स्थानीयहरुले बन तरुल, घर तरुल, इस्कुसको जरा, सुटुनी,पिडालु जस्ता जमिनमा उव्जने फलहरु बजारमा बिक्रि वितरणको लागि ल्याउने गरेको छ ।

व्यापारीहरुले आफ्नै घरको कसैले अरु मार्फत खरिद गरी तरुल बिक्रि वितरणका लागि सदरमुकाम गाईघाट ल्याउने गरेको त्रियुगा नगरपालिका वडा नं। १५ खाबुँ निवासी सर्मिला खड्काले बाताइन । उनले भने थोरै नाफा राखेर बजारमा ल्याई तरुल ईस्कुसको जरा, सुटुनी लागाएतका परिकारहरु बेच्दा यस्ले घर खर्चमापनि टेवा पर्याउने बातईन ।

यसका साथै तराईमा बन्ने तिलको लड्डुु, मुराईको डल्ला पनि उत्तिकै विक्री भए । गतवर्षको दाँजोमा यसबर्ष तरुल बजारमा कम आएको र केही महङ्गीएको उपभोक्ताहरुले बताए । बजारमा घरतरुल एकसय, बनतरुल दुुईसय, करेलाको जरा एकसय ६० रुपैयाको दरले विक्री भइरहेको छ