माछामार्न गएका युवकको करेन्ट लागेर मृत्यु

पूर्णपुष्टि, भाद्र ३० । मोरङमा माछा मार्न गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शुक्रबार अपरान्ह ४ बजे बिजुलिको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बिराट टिचिङ अस्पताल लगिएकामा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0