Monday, April 20News That Matters

माछा मार्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु

पूर्णपुष्टि, साउन १३
झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको हो ।

झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भबन बनाउने मजदुर रहेका राजबंशी सोही निर्माधिन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो पुर्वान्ह साढे ४ बजे करेन्ट लागी घाईते भएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।