
पूर्णपुष्टि, साउन ७ । झापामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. ३ धिमाल टोलका १९ वर्षीय मौषम राई रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आज दिउँसो २ बजे तिर स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर माछा मार्ने प्रयास गर्दा उनलाई करेन्ट लागेको थियो। घटनापछि गम्भीर घाइते भएका राईलाई तत्काल दमक आम्दा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मूल घर इलाम भएका राई हाल झापाको दमकमा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
