माटो खन्ने क्रममा ढिस्कोले पुरीएर महिलाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १३ । मोरङमा माटो खन्ने क्रममा ढिस्कोले पुरीएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१० की २८ बर्षिया सुनिता राजबंशी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार आइतबार अपरान्ह सवा ४ बजे बेलबारी नगरपालिका–८ भलुवाई स्थित बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खसेर राजबंशी पुरिएकी थिईन् । माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी संगै माटो खोज्न गएकी गिता राजबशीले सुनिता राजबंशीको उद्दार गरेको डिएसपी दाहालले बताए ।

माटोको ढिस्कोले पुरिएर गम्भिर घाईते भएकी उनलाई उपचारकोलागी नोबेल अस्पताल बिराटनगर पुर्याउनासाथ डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको डिएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0