मादक पदार्थ सेवन गरी श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, पुष ५
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेको छ । भोजपुर केराबारी घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।
फरार रहेका राईलाई पक्राउ गरी उनीमाथि थप अनुसनधान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: