
पूणर्पुष्टि, असोज ७
मानव जिवनको स्वास्थ्य क्षेत्रमा योग र आयुर्वेद पद्धतिको निकै महत्व र आवश्यक रहेको आयुर्वेद चिकित्सक र योग प्रशिक्षहरु बताउँछन् । यो पुरानो र विश्वासिलो उपचार र स्वस्थ्य जिवनको उपयोगी कार्य रहेको भन्दै अति उपयोगिको रुपमा मानिसले लिनु पर्ने योगा र आयुर्वेदलाई महत्वका साथ लिनु पर्ने उनिहरुले बताए ।
गत बर्ष उदयपुरको सगरमाथा अञ्चल आयुर्वेद औषाधलयमा योग तथा प्राविधिक चिकित्सा तालिममा सहभागिहरुलाई बुधबार प्रमाण पत्र वितरणको एक कार्यक्रममा चिकित्सक तथा योग प्रशिक्षकहरुले यस्तो बताए । 
हाल वर्तमान समयमा योग तथा आयुर्वेद पद्धति र आयुर्वेद चिकित्साको निकै महत्व हुन थालेको भन्दै १ नं प्रदेशको समाजिक विकास मन्त्रालयको समन्वय, प्रदेश १ का सिटिइभिटि को आर्थिक सहयो तथा सगरमाथा अञ्चल आयुर्वेदको व्यवस्थापनमा शैलेस आचार्य स्मृति पोलिटेक्निकलले तालिमाको आयोजना गरेको थियो ।
सो तालिममा सहभागि ४० जना तालिममा ख्याति प्राप्त प्रशिक्षितहरुलाई प्रमाण पत्र वितरण गरियोे । प्रमाण पत्र प्रदेश १ का साम्सद अम्बिका थापाले वितरण गर्नुभयो । करिब ३९० घण्टाको तालिम लिएर अहिले योगको प्रत्यक्ष फाईदा र स्वास्थ्य मानव जिवनमा राम्रो अनुभव गरेकी तालिममा सहभागी लक्ष्मि सिग्देल बताईन् ।
साम्सद अम्बिका थापाले योग र आयुर्वेद औषधीमा अनगिन्ति स्वास्थ्यको फाईदाहरु रहेको बताईन् । थापाले आफुले पनि आयुर्वेद पद्धतिलाई प्रयोग गर्दै निरन्तर आयुर्वेद औषधीको प्रयोग गरिरहेकी बताईन् ।
सरकारले पनि योग तथा आयुर्वेद शिक्षा र उपचार पद्धतिलाई विश्वास गरिरहेको थापाले बताईन् । उनिले अव यसलाई हरेक क्षेत्रमा सँगै शिक्षा क्षेत्रमा समेत लागु गरि योग शिक्षाबाट उपचार पद्धितिलाई विश्वासिलो र भरपर्दो बनाउनु पर्नेमा जोड गरिन् ।
योग प्रशिक्षक तथा आयुर्वेद डाक्टरहरुले योग शिक्षा र आयुर्वेद उपचार पद्धति पुरानो र परम्परा रहेको हँदा योग शिक्षा र उपचार निकै विश्वासिलो रहेको बताउँछन् । सगरमाथा अञ्चल आयुर्वेदका डाक्टर सन्जिव यादवले आयुर्वेद उपचारमा अर्गानिक स्वास्थ्यको महसुस गर्न सकिने भन्दै यस्तो बताए । 
यसैगरी शैलेस आचार्य स्मृति पोलिटेक्निकलका अध्यक्ष मिता आचार्यले आयुर्वेद योग स्वास्थ्यको लागि सबै भन्दा राम्रो औषधी रहेको बताईन् । स्वास्थ्य मानव जिवन यापनमा योगको प्रयोग र आयुर्वेद औषधीको प्रयोगले निकै फाईदा पुराएको बताईन् । उनले आफुले पनि सँधै योग गरिरहेको र अरुलाई पनि आफ्नो फाईदा सुनाउँदै योग गर्न सल्ला दिने गरेको उनि बताउँछिन् ।
आचार्यले स्वास्थ्यको लागि आयुर्वेदिक पद्धति र योग पद्धतिले जिन्दागिमा हस्पिटलको औषधी खानै नपर्ने, खर्चको भार नै नपर्ने र हस्पिटलको दवाईले थप साईड इफेक्टको समस्या लिनु नपर्ने बताईन् ।
यसै गरी योग प्रशिक्षकहरुले योग एउटा शान्तिको मार्गदर्शन रहेको बताउँछन् । तालिमाका प्रशिक्षक मिस्टर चौधरीले योगले पहिला आफुलाई स्वास्थ्य राख्ने त्यस पश्चात परिवार र एकदिन सबै समाज सँगै राष्ट्रनै स्वास्थ्य बन्न सक्ने बताए । यसले स्वास्थ्य नेपालको परिकल्पनामा ठुलो मदत पुराउने उनले बताए ।
योग र आयुर्वेद औषधीले आत्मा वल प्रति ठुलो सहयोग पुग्ने हुदा यसले कोरोनालाई पनि जित्न सकिने उनले बताए । धेरै जसो योग र आयुर्वेद औषधिका प्रयोगकर्ताहरुमा कोरोना संक्रमननै नभएको योग प्रशिक्षकहरुको दावि छ । चौधरीका अनुसार आयुर्वेद औषधिहरु चमनपरास, एस्टी मधु, गुर्जोहरु दैनिकी मानव जिवनको रोग प्रतिरोधात्मक क्षमताको औषधी रहेको बताए । योग गर्ने र आयुर्वेद औषधी प्रयोग गर्ने कुनै पनि व्यक्तिहरुमा कोरोना संक्रमण भएको भएपनि एक हप्तामै कोरोना बाट निको भएको उनिहरुले बताए ।

