Sunday, June 28News That Matters

मानसिक स्वास्थ्य स्वावलम्बन संञ्जाल उदयपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उमा तामाङ

पूर्णपुष्टि, ७ असोज ।
मानसिक स्वास्थ्य स्वावलम्वन संञ्जाल उदयपुरको दोस्रो अधिवेशन आईतबार गाईघाटमा सम्पन्न भएको छ । तेस्रो साधारण सभाले दोस्रो जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो । अधिवेशनले उमा कुमारी तामाङको अध्यक्षतामा ४ सदस्य थप्दै ११ सदस्य कार्यसमिति बनाएको छ ।

समितिको उपाध्यक्षमा महिनारायण चौधरी, कोषाध्यक्षमा कमला अधिकारी, सचिवमा सिताराम विश्वकर्मा चयन गरेको छ भने सदस्यहरुमा निर्मला पोखरेल, विर बहादुर तामाङ, हर्क बहादुर बस्नेत, श्री माया राई (तामाङ), गिता खत्री, राम बहादुर मोक्तान र कमल थापालाई चयन गरेको छ ।

यस संञ्जालले मानसिक स्वास्थ्य प्रभाव व्यक्तिहरुको औषधी उपचारमा पहल, पारिवारिक पूनर्मिनल, मनोपरामर्श र जिविको पार्जन, आयआर्जन जस्ता मुख्य आवश्यकताको क्षेत्रमा काम गर्दै आईरहेको संस्थाका सल्लाहकार खिला घिमिरेले जनाए । जिल्लामा यसको ९ ओटा समूहहरु रहेको र सोही समूहबाट जिल्ला संञ्जाल निर्माण भएको पनि घिमिरेले जनाए । पछिल्लो समय समाजमा बढ्दो मानसिक बिरामीहरुको अवस्थालाई न्युनिकरण र उपचारमा सहयोग पुराउन संस्थाले मुख्य भुमिका खेलिरहेको घिमिरेले जनाए ।

संञ्जालकी अध्यक्ष उमा कुमारी तामाङले संस्थालाई चलायमान बनाउने र संस्थाको उदेश्यलाई थप सफल बनाउने जनाईन् । आगामी योजनामा मानसिक समस्याका बिरामीहरुलाई सहज व्यवस्थापन र पहिलेकै अवस्थामा फर्काउन संस्थाले महत्वपूर्ण कार्यहरुको योजनाहरु तयार पारेको समेत उनले बताईन् ।

अबको समया उदयपुरका आठओटै पालिकाहहरु र वडाहरुमा समेत समूह गठन गरी मानसिक समस्याका ब्यक्तिहरुको पहिचान गरी उनिहरुको उद्धारमा लाग्ने समेत तामाङले जनाईन । बिरामी, अबिभावकहरुको सहभागीमा समूह गठनगरी संञ्जाललाई थप सबै पालिकाहरुमा थप मजवुद बनाउने उनले बताईन् ।

उक्त संञ्जाललाई सिएमसी नेपालले सहयोग गरेको छ । सिएमसीकी मनोपरामर्शकर्ता एल्सोदा राईले संस्थालाई आर्थिक, सामाजिक र परामर्शको क्षेत्रमा सहयोग प्रदान गरिरहेको जनाईन् । समुदायमा आधारित मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रम अन्तर्गत सिएमसी नेपालले संञ्जालाई सहयोग गरिरहेको राईको भनाई छ ।