मामा हत्या आरोपमा भान्जा पक्राउ

Bikram Rai
 पूर्णपुष्टि, मंसिर १०
धादिङमा मामाको हत्यामा संलग्न रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै मामालाई हत्या गरेको आरोपमा ती युवालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मामाको हत्यामा संलग्न रहेको भन्दै धादिङ थाके्र गाउँपालिका ४ धैरेनीका १९ बर्षिय मिलन लुङगेलीलाई पक्राउ गरेको हो । उनले धादिङ थाक्रेगाउँपालिका वडा नं ४ धैरेनी स्थायी घर भई काजि चन्द्रागिरी न पा ५ किसिपिडी बस्ने वर्ष (३९ को राजु पुलामी मगर लाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ । उनले आफनै मामालाई अन्दाजी ९ बजेको समयमा कुटपिट गरी फरार रहेको घाईते राजु पुलामीको उपचारको क्रममा बिहिबार मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भान्जालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले धादिङ थाक्रे गाउँपालिका ४ बाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: