Wednesday, May 6News That Matters

मालपोतका खरिदार रङ्गेहात पक्राउ

भदौ १२ गते ।

मालपोत कार्यालयका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै रंगेहात पक्राउ परेको छ । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डेलाई एक लाख २० हजार घुससहित अख्तियारले पक्राउ गरकोे हो ।

पाण्डेले सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।