
पूर्णपुष्टि, ९ साउन ।
माल्टा फाउने भन्दै १९ जनाबाट लाखौँ रकम ठगी भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाका कमानसिं कामीले १९ जनालाई माल्टा पाउने नाममा ठगि गरेको पाईएको छ ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लाखौँ रकम उठाएर कमानसिं अहिले बेपत्ता छन् । युरोपेली देश माल्टामा राम्रो कमाई हुने प्रलोभन देखाएर सुर्खेत, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट १९ जनासँग कमानसिंले सुरुमा २ लाखको दरले पैसा उठाएको पीडितहरु बताउँछन् ।
आफ्नो कम्पनी भारतको दिल्लीमा रहेको र आफ्नो जेठान यामबहादुर विकको माध्यमबाट माल्टा पठाउने आश्वासन दिएर पैसा लिएको पीडितहरुको भनाइ छ । यामबहादुर दाङका हुन् । लाखौँ रकम उठाएर पनि माल्टा नपठाएको र केही महिना यता कमानसिं फरार रहेको भन्दै पीडितहरु सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गर्न आएका थिए । यद्यपि मुद्दा दर्ता हुन नसकेको र मंगलबार दर्ताको प्रक्रिया अघि बढाउने उनीहरुको भनाइ छ ।
गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विक न्यायिक समितिकी सभापति पनि हुन् । यस अर्थमा उनी अहिले पालिकावासीलाई न्याय दिने ठाउँमा छिन् । उनै मैना विकको श्रीमान हो, कमान सिंह कामी । यस अर्थमा न्याय दिने व्यक्तिकै श्रीमानले भने १९ जना ठगिएर अन्यायमा परेको छ ।
गुर्भाकोट नगरपालिका–९ बोटेचौरका २४ वर्षीय हरिबहादुर ओली, बोटेचौरकै २४ वर्षीय दीपक ओली, बिरेन्द्र राना, प्रकाश केसी लगायत अन्य थुप्रैलाई ठगी गरी फरार रहेको छ ।