
पूर्णपुष्टि/उदयपुर, पुस २१ ।
उदयपुर उदयपुरको त्रियुगा नगरपालिका ७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा आज सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गमार्फत होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स १ त २८२५ नम्बरकोे ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजलेका ४३ वर्षिय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षिया आशा सदाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनीह?को जिल्ला अस्पताल उदयपुरमा लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी त्रिनपा –६ मोहनपुरकी ४0 वर्षिय समिद्रा सदा र सोही वडाको जलजले बस्ने ४५ वर्षिय शम्भु सदा घाइते भएकोमा जिल्ला अस्पताल उदयपुरमा उपचार गरी घर फर्केका छन् । दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रिनपा–६ बगरटोलका ३0 वर्षिय बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले खोजतलास भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
