Saturday, April 26News That Matters

मिडिया संबाद सम्पन्न

उदयपुर, मंसिर २० गते ।

उदयपुरमा आमसञ्चार माध्यम तथा पत्रकार आचार संहिता सम्बन्धि एक दिने मिडिया संवाद कार्यक्रम भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको संयोजनमा बुधबार कार्यक्रम भएको हो ।

प्रेस काउन्सिल नेपालको कार्यवाहाक अध्यक्ष किसोर श्रेष्ठ र नेपाल पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यको सहजिकरणमा कार्यक्रम भएको थियो ।

पत्रकार आफैले बनाएको अचार संहिता पालना गर्न र जनताको आवाज बन्नु पर्नेमा जोड दिदै राष्ट्र र आमनागरिकको हकहितको लागि अहोरात्र खटिरहनु पर्ने बताए ।

बरिष्ठ पत्रकार कौशल चेमजोङले पत्रकारहरु सर्बप्रथम आफु मर्यादामा बस्न सक्नुपर्ने बताए । यसो गरेमा धेरैजसो समस्या आफैबाट हल हुने उनले तर्क राखे ।

कार्यक्रममा सल्लाह, सुझाव र जिज्ञासा राख्दै नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले पत्रकारहरुले लोकतन्त्र, गणतन्त्रको लडाईमा ठूलो योगदान दिएपनि त्यसको फल खान नपाएको बताए । उनले पत्रकारहरुलाई सामाजिक सुरक्षाभत्ता, व्यवसायिक सुरक्षा र उनीहरुको मिडियालाई सरकारले टेवा पुर्याउनुपर्ने माग राखे ।

अन्य सहभागिहरुले बढ्दो पत्रकारितामा अस्वस्थ्य प्रतिष्पर्धा र सुद्धिकरण हुन नसक्नु प्रमुख चुनौती रहेको औल्याएका थिए ।

प्रेस काउन्सीलका सदस्य खिला भण्डारीले कार्यक्रमको बारेमा प्रकास पारेका थिए । उपाध्यक्ष भोटराज राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष भरत खड्काले गरेका थिए ।