मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सन्धूले जितिन्

पूर्णपुष्टि, मंसिर २७
७० औं मिस युनिभर्स २०२१ को उपाधि भारतकी २१ वर्षीया हरनाज सन्धूले जितेके छिन् । सन्धूले ७० जना प्रतिस्प्रधीलाई पछि पार्दै मिस युनिभर्स बन्न सफल भएकी हुन् ।
सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धूले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।
सन्धू भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । सन्धू मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।
मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: