
पूर्णपुष्टि/उदयपुर, मङ्सिर ६ ।
उद्यमी एवम् सामाजिक अगुवा युवा खाेटाङ सुन्तलेका मुकेश राईलाई उपचारका लागि आर्थिक सहयाेग जुट्दै गएकाे छ । सहयाेग जुट्दै गएसंगै हाल उनकाे स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगा (काभ्रे) मा उपचार भईरहेकाे छ ।
उनकाे स्वास्थ्यमा केही सुधारसंगै थप उपचारका लागि मङ्सिर ३ गतेदेखि साे हस्पिटल लगिएकाे परिवारले जनाएकाे छ ।
राईकी श्रीमती मेनुका पाेखरेलले विभिन्न ब्यक्तित्वहरुले उपचार सहयाेग दिईरहेका छन् । “मुकेश राईकाे उपचार सहयाेग ग्रुप” नामक फेसबुक ग्रुपमार्फत सहयाेग अभियान सक्रियरुपमा चलिरहेकाे छ ।
मस्तिष्क पक्षघात भई काेमामा परेका उनी ठुला अप्रेशन र लामाे उपचारपछि केही सुधार भएकाे हाे । तर उपचारबाट पारिवारिक आर्थिक अबस्था नाजुक भएपछि परिवारले सहयाेगका लागि अपिल गरेकाे हाे । “थप लामाे उपचार र खर्च अभाव परेकाले सहयाेग अपिल गरेका हाैं ।” उनकी श्रीमती मेनका पाेखरेलले भन्नुभयाे ।
