मुक्ति कृषि सहकारीको सातौं साधारणसभा सम्पन्न , उत्कृष्ट ५ जना पशुपालक किसान पुरस्कृत

पूर्णपुष्टि, पुष १७ मोरङ कानेपोखरसातौं साधरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो साधारणसभा सम्पन्न गरेको छ ।
कानेपोखरी २ बोहोरा टोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामि कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको छ ।

४९ जना साधरणसदस्य रहेको सहकारी २०७१ साल फागुन ६ गते स्थापना भएको उक्त सहकारीले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ४७ लाख ६८ हजार ६ सय ४० रुपैयाँको कारोबार गरेको छ । ६ लाख ४६ हजार ८ सय रुपैयाँ शेयर पूजी रहेको सहकारीले गत वर्षमात्रै २ लाख ६३ हजार १३३ रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष आचार्यले बताए । झण्डै ५ लाख रुपैयाँ स्थित पूजी रहेको सहकारीले आगामी ५ वर्षभित्रमा कानेपोखरी गाउँपालिकाकै नमूना कृषि सहकारी बन्ने लक्ष्य लिएको छ ।

सहकारीले आगामि आर्थिक वर्षसम्ममा २ सय शेयर सदस्य बनाउने र ५ वर्षभित्रमा १ हजार बढी शेयर सदस्य बनाउने लक्ष्य लिएको छ । हाल सह
कारीले दूध संकलन तथा विक्री गर्दै आएको छ । अब सहकारीले कृषि क्षेत्रको विकासका साथै पशुपालनको तालिम संचालन गर्ने, गाउँपालिकाको ७ वटै वडा कार्यक्षेत्र हुने गरी कार्यक्षेत्र विस्तार गर्ने, पशुपालक किसान लक्षित ऋण तथा अनुदानका कार्यक्रम केन्द्रीत गर्ने, किसानहरुको व्यवसायिक दक्षताका वृद्धिका लागि पहल गर्नेलगायतका प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । साधरणसभाको अवसरमा सहकारीले उत्कृष्ट ५ जना पशुपालक किसानलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुने किसानहरूमा टेकबहादुर दाहाल, जमुना अधिकारी, टेकबहादुर तामाङ, अभिकेशर भुर्तेल र धिम धिमाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: