Tuesday, June 30News That Matters

मुख्यमन्त्री र प्रधानसेनापतीले राैतामा बृक्षाराेपण गर्ने

पूर्णपुष्टि, फागुन १५ ।

१ नं. प्रदेशको मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाको प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्थितिका साथ भाेली उदयपुरको प्रमुख धार्मीक एवम् पर्यटकीयस्थल रौतामा बृहद बृक्षरोपण कार्यक्रम हुदैछ । नेपाली सेनाको बोक्सेस्थित रणसार्दुल गणको आयोजनामा रौतामाई गाउँपालिका ६ रौता पोखरी क्षेत्रमा ६ हजार ५ सय बृक्षरोपण गरिने कार्यक्रम रहेको जनाइएको छ । साथै रौतामाई गाउँपालिकाको आयोजनामा वडा नं. ६ को वडा कार्यालय भवन र अथिति गृहको उद्घाटनसमेत रहेको छ । भोली विशेषरुपले हुने कार्यक्रमको पूर्ण तयारीमा पालिका र नेपाली सेना दुईदिनदेखिनै खटिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । मुख्यमन्त्री र प्रधानसेनापती हेलिकेप्टरदेखि आउने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुहाेस् ।
चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमणको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाईल्याण्ड जाने भएको छ । आगामी शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिताको लागि कोरोनाको जोखिम मोलेर नेपाली टोली विहिबार थाइल्याण्ड जाने भएको हो ।
उक्त प्रतियोगितामा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने निर्णय गरिसकेको छ । थाइल्याण्डमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ भने २५ जनाको मृत्यु भईसकेको  विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ ।
नेपाली क्रिकेट टिमलाई कोरोनाबाट बच्न सावधानी अपनाउन नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको द्ध भने खेल मैदान र होटेल भन्दा बाहिर नजान खेलाडीहरुलाई सुझाव दिनुभएको छ । शनिबारदेखि मार्च ६ सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुन १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना थाइल्याण्ड जाने भएको संघले जनाएको छ ।
नेपालले पहिलो खेल शनिबार मलेसियासँग खेल्नेछ । नेपालसहित थाइल्याण्ड, मलेसिया, सिङ्गापुर र हङकङ सहभागी हुने प्रतियोगितामा नेपालले मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्याण्ड र मार्च ६ मा सिङ्गापुरसँग खेल्नेछ । उक्त प्रतियोगीतामा शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।