पूर्णपुष्टि, १५ असोज ।
त्रियगा नगरपालिका १० बोक्सेका ५१ बर्षिय गणेश परियार मुटु रोगले १ बर्षदेखी ग्रसित छ । सम्पत्तिको नाममा आफु बस्ने एउटा झुप्रो बाहेक केही छैन् । एक छोरा बुहारी, दुई छोरी र श्रीमती सहित बोक्सेमा बस्दै आएका परियार काम गर्न सक्दैनन् । बिरामी नहुँदा अटो किस्तामा लिएर चलाउँदै गरेको परियारले आफु थला परेसँगै काम गर्न सकेनन् । निरन्तर अटो चलाउन नसकेपछि किस्ता तिर्न नसक्दा अटो पनि फाईनान्सले तान्यो । एउटा छोराले आफु श्रीमती दुई छोरी नाती र बुहारीलाई पाल्नु परेको छ ।
छोरा बाहिर ज्यामी गरेर खाने कुरा जोहो गर्छ । एक्लैको कमाईले खान त पुग्दैन उपचार खै केले गर्ने उनले सुनाए । मुटु र लिभरमा समस्या देखिएका परियारको धरान घोपामा दुई पटक उपचारमा लगिएको परिवारको भनाई छ । तर त्यहाँबाट बाँच्दैन भन्दै फर्काएपछि घरमै ल्याएर जिल्ला हस्पिटल उदयपुरमा सामान्य उपचार र औषधी चलाए ।
औषधी र सामान्य उपचारले परियार पहिले भन्दा केही ठिक पनि भयो तर थप उपचार गर्न आर्थिक अभावले उनि फेरी बिरामी पर्न थालेको छ । धरानमा १ लाख जति उपचार पैसा सकिएपछि खर्च अभाव हुन पुग्यो पछि काठमाण्डौँको गंगालाल हस्पिटलमा उपचार गराउने कुरा भैरहे पनि आर्थिक अभावले हस्पिटल लैजान सम्भव नभएको भाई कैलाश परियारले जनाए । दाईको उपचारमा डेढ देखी दुईलाख सम्म लाग्ने भनेको छ । पैसा छैन् कसरी उपचार गर्ने हो ? उनले भने, । पैसा जुटाउनका लागि सबैले आर्थिक सहयोग गरिदिन पनि माग गरेका छन् । घरको अवस्था ठिक छैन् । अरु आम्दानी पनि छैन उपचारका लागि सहयोग चाहिएको छ । सहयोगी मनहरुले दाईलाई बाचईदिन मदत गरिदिनुहोस । परियारको आग्रह छ । उपचार खर्चका लागि गणेशको परिवार यतिवेला सहयोगको खोजीमा छ । उनिहरु मिडियाहरुमा सहयोगका निम्ति हार गुहार गरिरहेको छ । परियारको उपचारका लागि कसैले सहयोग गर्ने इच्छुक राखेमा बिरामीका भाई कैलाश परियारको फोन नं ९८२७७३०४०३ मा सम्पर्क गर्न सकिने छ ।