Sunday, March 16News That Matters

मुम्बईमा वर्षासँगै आएको हुरीबतासको कारण होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ १ । भारतको मुम्बईमा वर्षासँगै आएको हुरीबतासको कारण होर्डिङबोर्ड खसेर च्यापिदा १४ जनाको मृत्यु भएको छ । सोमबार मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड साझँ खसेको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको छ । हुरीबतास र वर्षाका कारण पेट्रोल पम्पमा ओत लागेका मानिसहरुको माथि ७०÷५० मिटर ठूलो होर्डिङ बोर्ड खसेको थियो । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।