
पूर्णपुष्टि, पुष १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा आज (शुक्रबार) देखी रौतामाई मिनि महोत्सव सुरु भएको छ । रौता स्पोर्टस क्लबद्धारा आयोजित महोत्सव रौतामाई गाउँपालिकाको अध्यक्ष बिरेन्द्र कुमार मगरले उद्घाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको हो ।
रौता स्पोर्टस क्लबका अध्यक्ष हरि आले मगरका अनुसार आन्तरिक व्यापार, पर्यटन, कला र संस्कृति प्रवर्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन अध्यक्ष मगरले जनाए । महोत्सवको आज पहिलो दिन चर्चित गायिका एलिना चौहानले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको तयारीस्वरूप मुर्कुची बजारमा विभिन्न ध्वजापताकाले सजाईएको छ ।