Saturday, April 26News That Matters

मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन सुरु

पूर्णपुष्टि, फागुन १० । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन २०८१ सुरु भएको छ । शनिबार ‘शैक्षिक गुणस्तर सुधार, रौतामाईको अभियान’ भन्ने मुल नाराका साथ मुर्कुची स्थित सिटिहलमा रौतामाई गापाको आयोजना तथा श्री नमुना माध्यामिक विद्यालयको व्यवस्थापनमा दुई दिने शैक्षिक सम्मेलन सुरु गरिएको हो ।

रौतामाई गापाको वडा गत रुपमा रहेको विद्यालयहरुको शैक्षिक समस्या समाधान गर्ने प्रयासका निम्ति शैक्षिक सम्मेलन गरिएको श्री नमुना माविका प्रध्यानअध्यापक खड्ग बहादुर थापाले बताउनुभयो । शैक्षिक सम्मेलनमा रौतामाई गापा भरिका सामुदायिक विद्यालय र उदयपुुर जिल्लाको प्रतिनिधित्व गर्ने प्रमुख विद्यालयहरुले सहभागी जनाएको छ । सम्मेलनमा वडागत विद्यालयहरुको समस्या समाधानका लागी विज्ञहरुबाट सल्लाह सुझाव समेत लिईने प्रअ थापाले जनाए ।

त्यस्तै श्री नमुना माध्यामिक विद्यालयको ६२ औँ वार्षिक उत्सव तथा २१ औँ अविभावक दिवसमा फुड फेष्टिभल र रौतामाई गाउँपालिका अन्तरविद्यालय स्तरीय छौठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  भईरहेको छ । गापाको आयोजना तथा श्री नमुना मा.वि. मुर्कुचीको व्यवस्थापनमा श्री नमुना माध्यामिक विद्यालयको प्राङ्गणमा शुक्रबार देखी रनिङ शिल्ड अन्तर्गत भलिबल र शनिबार देखि फुड फेष्टिभल सुरु भएको हो । रनिङ शिल्डमा पालिका भरिका सामुदायिक विद्यालयहरुले सहभागी जनाएका छन् । वार्षिक उत्सव तथा अविभावक दिवसको अवसरमा भोली विद्यालयकको प्रतिवेदन प्रस्तुत, रत्तदान, साँस्कृतिक कार्यक्रम र अभिनन्दन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।