Wednesday, June 10News That Matters

मुर्कुची नमुना मा.बीमा बिज्ञान तथा कला प्रदर्शनीको भव्य समापन (फोटो फिचर सहित)

उदयपुर फागुन १० । रौतामाई गाउँपालिका ७ मुर्कुचिमा संञ्चालित बिज्ञान तथा कला प्रदर्शनी कार्यक्रमको आज समापन गरिएको छ । उक्त कार्यक्रमलाई संघिय सांसद अम्वर रायमाझीको प्रमुख आथित्यतामा सम्पनन गरिएको हो । बुधबार देखी संञ्चालन रहेको उक्त प्रदर्शनी बिज्ञान, कला, वातावरण र समाज गरी ४ ओटा विद्यामा प्रस्तुत गरिएका थिए । सोही विद्यालयका प्र.अ खड्ग बहादुर थापा मगरले प्रदर्शनीमा जिल्ला तथा छिमेकी जिल्ला सहित करिब ३५ भन्दा बढी विद्यालयहरुको सहभागी रहेको जनाए । मगरका अनुसार प्रदर्शनमा रहेको ४ ओटै विद्याका उत्कृष्ट प्रदर्शनीहरुलाई विद्यालयले नगद पुरस्कार सहित प्रमाण पत्र समेत प्रदान गरेको जनाए । मगरले प्रदर्शनी कार्यक्रम जिल्लामै पहिलो चोटी नमुना मावी मुर्कुचीले नै सुरुवात गरेको हुनाले विद्यालयलाई थप उचाईमा पुराउन सफल भएको जनाए । विद्यार्थीहरुलाई पढाईको क्षेत्र बाहेकका आफ्नो बिषय सँग सम्बन्धित कला प्रदर्शनीले उनिहरुको मनोवलमा थप बृद्धि बिकास पनि यस कार्यक्रमले टेवा पुराएको मगरले बताए । विद्यालयले चारै बिद्याका उत्कृष्टहरुलाई नगद रु १० हजार र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रदर्शनीका उत्कष्टलाई प्रमाण पत्र र नगद पुरस्कार
प्रदर्शनीमा राखिएका उत्कष्ट स्टललाई विद्यालयले नगद पुरस्का र प्रमाण पत्र प्रदान गरेको छ । उक्त पुरस्कार विद्यालयका प्र.अ खड्ग बहादुर थापा मगरले प्रदान गरेको छ । प्रदर्शनको बिज्ञान तर्फ त्रिवेणी मा.वी ले प्रथम स्थान हासिल गरेको छ । यस विद्यालयले दृष्टी विहिनका लागि चस्पा प्रदर्शनमा राखेका थिए । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमा क्रिमसन एकाडेमी रहेको छ । उनले मोवाईल एप प्रदर्शन गरेका थिए । यता तेस्रो हुनेमा मा.वी मरुवा रहेको छ । यस विद्यालयले टेस्ला कोई प्रदर्शन गरेका थिए ।

यस्तै वातावरणको तर्फबाट उत्कृष्ट सामा चकेवा तयार गरी त्रियुगा मा.बि.ले प्रथम स्थान हात परेका थिए । यता नमुना मा।वि।ले खानेकुराको पिरामिड तयार गर्दे दोस्रो स्थान हासिल गरेका थिए भने तेस्रो स्थानमा धर्मध्वज आं.वि. कोप्चे रहेका हुन् । जस्मा हलो,जुवा, खुकुरी आदी किसानहरुले प्रयोग गर्ने मौलिक औजार तयार गरेका थिए । यता कला बिद्या अन्तरगत नमुना मा.विले उदयपुरको पर्यटकीय धार्मीक स्थल रौँता पोखरीको सुन्दर नमुना बनाई प्रथम स्थान हासिल गरेको हो । त्यस्तै सोहि विद्या तर्फबाट बृल्लियन्ट एकेडेमि चुहाडेले दोस्रो स्थान हासिल गरेको होन् । जस्मा चित्र कला सम्बन्धि बिभिन्न चित्रकारहरु प्रदर्शन गरिएको थियो । यस्तै कला विद्याका तेस्रो स्थान नमुना मा.वि.को तर्फबाट रहेको थियो । जस्मा ओखल,ढीक्की, हस्तकला प्रदर्शन गरेका थिए ।