Wednesday, April 29News That Matters

मुर्कुची – लिम्चुङबुङ – हलेसी केबलकार, पाेड-वे सम्बन्धमा लगानीकर्ताकाे स्थलगत भ्रमण

पूर्णपुष्टि, बैशाख २३

मुर्कुची-लिम्चुङबुङ-हलेसी केवलकार, पाेड-वे निर्माण लगानीकर्तालाई लिम्चुङबुङ र राैतामाई गाउँपालिकाले स्वागत गरेकाे छ ।
एभरेष्ट भ्युटपमा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र राैतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले लगानीकर्ताहरु नाईक ईन्भ्याराेमेन्ट रिसर्च ईन्ष्टिच्युट लिमिटेडका राजेन्द्र श्रेष्ठ र भारतीय लगानीकर्ता महाराष्ट्र ईकाेनाेमिक डेभलपमेन्ट बाेर्डका दिपक नायकसहितकाे टाेलीलाई गत आईतबार स्वागत गर्नुभयाे । टाेलीमा प्रदेश सांसद नारायण बुर् उदयपुर र खोटाङलाई जाेडेर पर्यटनमार्फत आर्थिक विकास, व्यापार, उद्यम र रोजगारी सिर्जना गरि विकास र समृद्धि ल्याउने उद्देश्य अनुरुप सडक सञ्जाल, ढाक्रे पदमार्ग र केवरकार, पाेड-वेको सोच र योजनाहरु पस्किरहेकाे लिम्चुङबुङ गापा अध्यक्ष मेजरकुमार राईले बताउनुभयाे । यसै उद्देश्य अनुरुप कोशी प्रदेश लगानी सम्मेलन (२०८२ बैशाख १८ र १९ गते सम्म चलेको लगानी सम्मेलन) बाट केबलकार, पाेड-वेकाे विषय सम्बाेधन भएकाे छ । लिम्चुङबुङ, रौतामाई र हलेसी तुवाचुङको साझा मागलाई मध्येनजर गर्दै प्रदेश सरकार, लगानी सम्मेलनले साे याेजना समेटेकाे थियाे ।
लगानी सम्मेलनबाट मुर्कुची-लिम्चुङबुङ-हलेसी केवलकार, पाेड-वे निर्माणको लागि लगानीकर्ताकाे चासाे भएकाे थियाे । चासाे मात्र भएन स्थलगत भ्रमण तथा अनुगमनसमेत भएकाे छ । भ्रमण टाेलीलाई लिम्चुङबुङ र राैतामाईले स्वागत गरेकाे हाे ।
प्राेजेक्ट सञ्चालनको लागि लगानीकर्ता र कोशी लगानी प्राधिकरणबीच हस्ताक्षरसमेत भईसकेको कोशी लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोईरालालाई उदृत गर्दै लिम्चुङबुङ अध्यक्ष राईले जनाएका छन् ।
निरन्तरको केवुलकार, पाेड-वे निर्माणको मागले गति लिएकाे र यसले गाउँ-ठाउँ र प्रदेशको पर्यटन विकास, आर्थिक विकास,  नागरिकको भाग्य र भविष्य उठाउने विश्वास लिईएकाे छ । प्रोजेक्ट छनोट गरेर योजना सफल बनाउन सहयोग गरेकाेमा कोशी लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोईरालालाई अध्यक्षद्वय राई र मगरले धन्यवाद ज्ञापन गरेका छन् ।
साथै लगानी वातावरण बनाएकाेमा कोशी प्रदेश सरकारप्रति आभार ब्यक्त गरेका छन् । याेजनाकाे कार्यन्वयन र पूर्णरुपले सफल बनाउन थप सहयाेगकाे अपिल गरेका छन् ।