मृगौला रोगीका लागि उदयपुर अस्पतालमै हेमो डायलासिस सेवा सुरु

पूर्णपुष्टि, ३ पुष ।
जिल्ला अस्पताल उदयपुरले मृगौला पिडितहरुका लागि हेमा डायलासिस सेवा सुरु गरेको छ । लामो समयको प्रयासपछि अस्पतालले जिल्लामै डायलासिस सेवा सुरु गरेको हो । अस्पतालले ५ ओटा मेशिन सहित सेवा सुरु गरेको छ । मृगौला बिरामीहरुका लागि यो मेशिन अत्यावश्यक रहेको छ ।

मंगलबार संघिय सांसद तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काले हेमो डायलासिस सेवाको उद्घाटन गरेको हो । अस्पतालका मे.सु ज्ञानेन्द्र झाले अस्पतालमा झण्डै २ सय बढी डायलासिस गुर्नृ पर्ने बिरामीहरु रहेको जनाए । त्यस्ता बिरामीलाई धरान र बिराटनगर रेफर गर्नु बाहेक बिकल्प नरहेको भन्दै अब त्यो समस्या सामाधान भएको जनाए । अब भने जिल्लामै उक्त सेवा सुभारम्भ भएको समेत झाले जनाए । अस्पतालमा अहिले अत्याधुनिक मेशिनहरुको जोगाड हुँदै गर्दा सेवा दिन सहज बन्दै गएको हस्पिटलको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0