मृत्त शिशुको जन्म, समयमै उपचार नपाउदा सुत्केरीको मृत्युु

पूर्णपुष्टि, मंसिर २२
एक सुत्केरीले समयमै स्वास्थ्य उपचार नपाउदा अकालमै ज्यान गुमाएकी छिन् । बाजुराको हिमाली गाउँपालिका–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको उच्च रक्तश्रावका कारण ज्यान गएको हो ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको थियो ।
गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्न थालेको थियो । केही समयपछि सुत्केरी भएको तर, मरेको शिशु जन्मिएको चदारका श्रीमानले बताएका छन् ।
गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ ।
घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: