
आशिष वस्नेत
कटारी/माघ ६ गते ।
कटारीमा प्राईम लाईफ ईन्स्युरेन्सले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । कटारी नगरपालिका–३ निबासी विनिता राजवंशीलाई प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीे कटारी शाखाले मृत्यु दावीको रकम सोमबार हस्तान्तरण गरेको हो ।
राजवंशीले प्राईम लाईफ ईन्स्युरेन्समा ५ लाखको विमा गरेको थियो । विमा गरेको एक वर्ष नवित्दै उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएको शाखा कटारीका शाखा प्रमुख भिमराज खड्काले बताए । गत साउनमा विनिताको मृत्यु भएपछी उनका हकवाला श्रीमान बुद्धिबहादुर राजवंशीलाई ५ लाख २२ हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गरेको उनले बताए ।
ईन्स्योरेन्स कम्पनीले कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेल लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरेको थियो ।
