Sunday, June 7News That Matters

लागुऔषधसहित वडा सदस्य पक्राउ

माघ ७ गते । 

बाजुराको बडिमालिका नगरपालिकाका एक वडा सदस्य लागु औषध चरेससति पक्राउ परेको छ । बडिमालिका नगरपालिका–३ का वडा सदस्य श्यामबहादुर खड्का वडा न. ९ को गैरी बजारबाट पक्राउ परेको हो ।

डेढ किलो चरेससहित वडा सदसय ४० वर्षीय खड्का र गौमुल गाउँपालिका–१ निबासी हाल मार्तडीमा होटल व्यावसाय गर्दै आएका देवबहादुर रोकाया पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी गस्ती टोलीले बजारबाट कालो झोलामा लुकाई छिपाई चरेस लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।