Sunday, June 7News That Matters

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोरङ, माघ ७ गते ।

झापा अर्जुनधारामा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–५ निबासी ५४ बर्षीय पशुपति भट्टराईको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बेलबारी–४ बेतनामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किदा मोटरसाईकल चालक भट्टराई र पछाडी सवार उनको श्रीमती लक्ष्मी भट्टराई घाईते भएको प्रहरील जनाएको छ ।

घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरका न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपतिको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

लक्ष्मीको उपचार भईरहेको छ भने  म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।