
पूर्णपुष्टि, चैत्र २२
उदयपुरमा बिहान ट्युसन पढ्न हिडेकी कविताको रहस्यमय मृ*त्यु*को घटनालाई निष्पक्ष छानविन गर्न माग गर्दै द्यिार्थीहरुले आन्दोलन गरेको छ । कुनै एक विद्यार्थी नै यसरी असुरक्षित भई ज्यान गुमाईरहेको भन्दै यसको तत्काल प्रतिक्रिया स्वरुप घटना सत्यतथ्य पत्ता लगाउन माग सहित विद्यार्थीहरुले आन्दोलन थालेको हो । कविता अध्यानरत विद्यालयका विद्यार्थी लगायत अन्य विद्यार्थी र स्थानीयहरुले आन्दोलन गरिरहेको छ ।

बेलका नगरपालिका ३ बुद्धचोककी कविता सुनुवारको ट्युसन पढ्न निस्केको अवस्थामा रहस्यमय शव फेला परेको थियो । उक्त शवको प्रहरीले अनुसन्धान गरिरहेको छ भने विद्यार्थीहरुले यसको राम्रो छानविन गरी घटना बारे पत्ता लगाउन माग राखेको छ । कविता स्थानीय श्री कोसी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्यानरत थिईन ।
