
पूर्णपुष्टि, भदौ, २
सर्लाहीमा तिन दिन देखि बेपत्ता अवस्थामा रहेको किशोरी महिलाको शव सडेको अवस्थामा घर देखि ३ किलो मिटर पर कालिन्जोर खोलामा फेला पर्यो ।
महिलाको शव फेला परेपछि घटना बारे प्रहरीले थालेको अनुसन्धानमा ति किशोरीको हत्या भएको पुष्टि भएको छ । हत्या भएको आरोपमा २ जनलाई पक्राउ समेत गरिसकेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीको लालवन्दी नगरपालिका १७ की प्रियांका भुजेल मंगलबार मृत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले २ जनालाई पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवैले प्रियंकाको हत्या गरेर शव गाडेको स्वीकार गरेका छन् । किशोरीको शव पोस्मार्टमका लागि जिल्ला अस्पताल मंलगुवा लगिएको र पोष्टमार्टम रिपोर्ट पश्चात थप अनुसन्धान गरिने डिएसपी बुढाथोकीको भनाई छ ।
