Saturday, June 20News That Matters

सेवाग्राही बाट ३० हजार घुस लिएको आरोपमा सव इन्जिनियर माथी मुद्धा दायर

पूर्णपुष्टि, भदौ २

सेवाग्राही बाट ३० हजार घुस लिएको आरोपमा एक जना सव–इन्जिनियर लाई मुद्धा दायर भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सवइन्जिनियर राजन पासवानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

आयोगका अनुसार विशेष सूचनाको आधारमा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।

भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।